|

काठमाडौं : यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। 

गएराति भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै घरेलु टोली भारतले उपाधि रक्षा गरेको हो। 

भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे। यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे। 

बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे । यो जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदलासमेत लिएको छ। 

बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.