|

काठमाडौं : मनसुन अर्थात् बर्खा। कसैका लागि जीवन धान्ने आधार बनेर आउँछ, कसैका लागि जीवन नै चुँडाउने कारक। वर्षा नहुने हो भने मानवलगायत पृथ्वीका जीवजन्तुको पनि प्राण रहँदैन। यही बर्खामा खती गरेर किसानले वर्षभरि प्राण धान्ने अन्न उब्जाउँछन्।

प्रकृतिप्रेमीका लागि वर्षा रमाउने अवसर हो, बर्खा। प्रेमिल जोडीका लागि प्रेमको मौसम। अन्य जीवजन्तुका लागि पर्याप्त खानेकुरा पाउने वेला। यही वर्षाले फोहोरमैला बगाएर लैजान्छ र प्रकृतिलाई पनि पुनर्जीवन दिन्छ। तर यही बर्खाले निम्त्याउने बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र अन्य रोगब्याधिका कारण बर्सेनी धेरैको ज्यान जान्छ।

काठमाडौं उपत्यकाको सन्दर्भमा खेतीपातीभन्दा बढी प्रदूषण र गर्मीबाट मुक्ति पाउन पनि वर्षाको चाहना गरिन्छ। तर यहाँका बाहिरीदेखि भित्रीसम्मका सडकको अवस्था हेर्ने हो भने बर्खा कहरझैँ लाग्छ। 

यही बर्खामै रमाइरहेका र संघर्ष गरिरहेकाहरूको केही तस्विर​—

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.