'देशको विकास र निकासका लागि सबै जिम्मेवार बनौँ'

|
फाइल फोटो

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ  गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन्। 

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताएका हुन्। 

‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ’ उनले भने, ‘तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्छ।’

तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपर्‍यो।’ अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनकोविरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने बताए। 

यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए। 

‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिलेदेखि नै बनाउनुपर्छ’ उनले भने, ‘देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ।’  तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.