|

काठमाडौंः सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म 'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक भएको छ। पूजा शर्मा‚ आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। 

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा पूजा, आकाश र सोनम बाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ। सम्हालिन्छ कहिले मन तिब्बती गायक सोनमको पहिलो फिल्म हो। 

पूजा र आकाशको मुख्य भूमिका रहेको फिल्म सम्झना बिर्सना तीन हप्ताअघि प्रदर्शनमा आएको थियो। जो बक्स अफिसमा दुई हप्ता पनि टिक्न सकेको थिएन। त्यस्तै निर्देशक सुदर्शनको पछिल्लो फिल्म म यस्तो गीत गाउँछु २ हो। फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गरेको थियो।

'सम्हालिन्छ कहिले मन' भदौ १७ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ। ​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.