|

काठमाडौं : दिनेश राउतद्वारा निर्देशित फिल्म 'प्रकाश'को टिकटबाट आउने सम्पूर्ण नाफा जुम्लाको एक विद्यालयका बालबालिकाको सहयोगमा जाने भएको छ।

शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक राउतले विपन्न, अनाथ तथा द्वन्द्व प्रभावित बालबालिकाको शिक्षाका लागि टिकटको सम्पूर्ण नाफा सहयोग गर्ने बताएका हुन्।

उनले लेखेका छन्, 'चलचित्रको टिकटको सम्पूर्ण नाफा चलचित्र छायांकन भएको जुम्लाको तिर्कु गाउँपालिका डिल्लीचौरमा रहेको ऋण मोक्ष माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका विपन्न, अनाथ तथा सहिद परिवारका द्वन्द प्रभावित बालबालिकाको शिक्षाको लागि सहयोग गरिने छ।'

प्रदीप खड्का, दिया मास्के र रेनु नाथ योगीको मुख्य भूमिका रहेको फिल्म, विपन्न परिवारको एउटा युवकको शिक्षक बन्ने यात्रामा आधारित रहेको छ। फिल्मको केन्द्रीय पात्र प्रकाशको भूमिकामा प्रदीप देखिँदैछन्। फिल्म भदौ १० देखि प्रदर्शनमा आउँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.