|

रौतहट : विगत लामो समयदेखि चर्को आलोचना हुँदै आएको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक्सरे मेसिन जडान गरिएको छ। सो अस्पतालमा शुक्रबारदेखि एक्स–रे मेसिन सञ्चालनमा आएको हो।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा  प्राप्त एक्सरे मेसिन जडान भएपछि यस क्षेत्रका सेवाग्राहीहरूले सेवा पाउने भएका छन्। विगत चार वर्षदेखि सो अस्पतालमा एक्सरे मेसिनको अभावमा उपचारका लागि आउने बिरामीहरू समस्यामा पर्दै आएका थिए।

१५ शैय्‍याको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस् भनेर एक्सरे मेसिन सञ्चालनमा ल्याएको चन्द्रपुरका नगर प्रमुख संजय काफ्लेले बताए।

यसअघि, डिजिटल एक्सरे मेशिन नहुँदा बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको थियो।

डिजिटल एक्सरे जडान भएपछि अन्यन्त्र जानुपर्ने समस्याबाट छुटकारासँगै सेवाग्राहीलाई सहज र सुलभ रूपमा सेवा प्रदान हुने नगर कार्यपालिका सदस्य नेत्र कुश्वारले बताए।

यता, अस्पतालमा भएको पुरानो एक्सरे मेसिन लामो समयदेखि बिग्रिएर थन्केको अवस्थामा रहेको हुँदा अस्पतालले सो सुविधा प्रदान गर्न लागेकोमा आफूहरू त्यसबाट लाभान्वित भएको स्थानीय सुधीर घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.