|

काठमाडाैं : नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले केपी ओलीले नेपाली राजनीतिमा वीरता देखाएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै दीक्षितले सबै दलले आफ्नो एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा जोड दिए।

उनले भने, ‘ओलीजीले एउटा सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन्। उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिँडेका छन्। नेपाली जनताले वीरतालाई पूजा गर्छन्। अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ। ओलीको बोलीलाई जनताले पूजा गर्छन्।’

नेपालको रोग भनेको नै भ्रष्टाचार भएको उनले बताएका छन्। उनले अहिले नै निर्वाचनको बारेमा विश्लेषण गर्न नसकिने पनि बताए। उनले भने, ‘नेपाली भूमि आजको होईन। यो त पुण्य भूमि हो। ऋषिमुनिको भूमि हो। सबै कुरा भएको देश हो। अहिले नेपाल सिद्धान्त र धर्म विहीन भएको अवस्था छ। यसैगरी अघि बढ्यौँ भने अब यो कुहिएको अवस्था हुनेछ।’

उनले भने, ‘पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो। लोकतन्त्र हो। दलहरुले आ–आफ्नो विचार जनतामा राख्छन्। सिद्धान्त र विचार लिएर जानुपर्छ। नेपालको लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ। हरेक पार्टीले आफ्नो एजेण्डा ल्याउनुपर्छ।’

उनले सिद्धान्तमा नचलेपछि मुलुक राम्रो नहुने जिकिर गरे। उनले भने,‘यो अब अन्तिम चेतावनी हो। यो सिस्टम अन्तिम ट्रायलमा छ। सही व्यक्तिलाई जिताउन सक्यौँ र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौँ भने ठीक छ, यदि यसो गर्न सकेनौँ भने व्यवस्था जान्छ। अर्को कू हुन्छ। अहिलेका नेताहरुले नै देशलाई यस्तो अवस्थामा पुर्‍याएका छन्।’

दीक्षितले गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गरे। माधव नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उनले प्रश्न गरेका छन्। उनले भने, ‘हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन्। यो त दुई जिब्रे कुरा हो। यो लाचारीपन हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.