|

काठमाडौं  :  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको जित निकालेको हो। चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे। पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाएका हुन्।​ एभर्टनले भने हारबाट सिजनको सुरुआत गरेको छ।

यस्तै गएराति भएको अर्को खेलमा टोटेनह्यामले सहज जित निकालेको छ। टोटनह्यामले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिजनको सुखद सुरुआत गरेको हो। गएराति नै भएका अन्य खेलमा लिड्स युनाईटेडउल्भ्सलाई २-१ गोल अन्तरले हरायो।

न्युकासल युनाईटेडले नवप्रवेशी क्लब नटिङघम फरेस्टलाई २-० ले हराएर सुखद सुरुआत गरेको छ। त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-० ले हरायो।  हिजै भएको अर्को खेलमा लिभरपुल र फुलहम २-२ को बराबरीमा रोकिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.