|

काठमाडौं : सडक निर्माणका क्रममा साढे २१ लाख भ्रष्टाचार गरेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही र असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कर्मचारी र ठेकेदारको मिलेमतोमा अदानचुली वडा नम्बर १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

कर्मचारीहरूलाई भ्रष्टाचार भएको रकम २१ लाख ४७ हजार ४९२ रूपैयाँ बिगो कायम गरी कैद र बिगोअनुसार जरिबानासहित बिगो असुल गर्न मागदाबी लिइएको प्रवक्ता भण्डारीले बताए। उनीहरूले वास्तविक फिल्डमा भएको कामभन्दा बढी, नभए नगरेको काम देखाइ बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, पेश गर्ने र स्वीकृतिका लागि सिफारिश गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

ठेकेदार भण्डारीले भने आफूले गैरकानूनी लाभ लिने र गाउँपालिकालाई हानी पुर्‍याउन वास्तविक कामभन्दा बढी भुक्तानी लिएकाले २१ लाख ४७ हजार ४९२ रूपैयाँ बिगो कायम गरी जफत हुन र कैद वा बिगोबमोजिम जरिवाना गर्न मागदाबी अख्तियारले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.