|

काठमाडौं : मुगुमा पर्यटन पदमार्ग अनियमितता गर्ने तत्कालीन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

कर्णाली प्रदेश सरकारमार्फत आर्थिक वर्ष ०७६/७७ मा छायानाथ रारा नगरपालिका-७ टोप्ला गाउँमा पर्यटन पदमार्गका लागि विनियोजित बजेटमा ६ लाख ३२ हजार ६७७ रूपैयाँ अनियमितता भएको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

अख्तियारले आज मुगुका तत्कालीन डिभिजनल वन अधिकृत भरतबहादुर बुढा थापा, सब-इन्जिनियर गोरसिंह बडुवाल र असिष्टेन्ट सब-इन्जिनियर हिमालकुमार मल्ल,  उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धमेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीलाई प्रतिवादी बनाएको छ।

कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीबाट भ्रष्टाचार भएको रकम बराबरको बिगो कायम गरी असुल गर्न र कैद र जरिबानासमेत अख्तियारले मागदाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.