|

विराटनगर : नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले प्रदेश १ को नामकरण पहिचानको आधारमा राख्नुपर्नेमा जोड दिएकी छिन्। उनले आज –आइतबार) प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै यस्तो बताएकी हुन्।

उनले आफूहरुको कार्यकाल सकिन लाग्दासमेत प्रदेशको नाम राख्न नसक्दा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  जनतामाझ कसरी जाने भन्ने विषयले असहज भएको बताइन्।

सांसद कार्कीले  ६ वटा प्रदेशले नाम राखिसक्दा  १ नम्बर प्रदशलाई सबैभन्दा अब्बल बनाउँछौँ भन्दै हिँडेका सांसदहरुले केही गर्न नसकेको बताइन्। उनले  नामकरणको विषयमा मेरै गोरुको १२ टक्का भएको बताउँदै भनिन्, ‘एउटा दले अर्को दलले ल्याएको नामको प्रस्ताव स्विकार्न सक्दैन।’

९३ माननीयहरूले  पार्टीभन्दा  माथि उठेर १ नम्बर प्रदेशको  नाम राख्न जरुरी रहेको बताइन्। ‘बामे सर्दै गरेको प्रदेशलाई नामकरण गर्न जरुरी रहेको छ,’ उनले भनिन्,‘र  भोलिको दिनमा गाह्रो अवस्था पर्छ, तपाईहरुले नाम पनि राख्नुसक्नुभएन भनेर नजिर बस्न सक्ने हुँदा सत्ता पक्ष प्रतिपक्ष नै नामकरणका लागि जुट्न जरुरी  छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.