मतदाताको अन्तिम नामावली एक महिनापछि

|

काठमाडाैं : निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आज ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। आयोगको पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको छ।

यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी नेपालले पनि दल दर्ता गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

निर्वाचन आयोगले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली एक महिनाभित्र प्रकाशित गर्ने जनाएको छ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएपछि आयोग अहिले मतदाता अद्यावधिकको काममा जुटिरहेको निर्वाचन आयोगका प्रवक्ता शर्माले थाहाखबरलाई जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा एक करोड सतहत्तर लाख मतदाता रहेकोमा यस निर्वाचनमा करिब ६ लाख नयाँ मतदाता थपिने अनुमान आयोगले गरेको उनको भनाई छ।

प्रवक्ता शर्माका अनुसार १८ वर्ष उमेर पुगेर हालसालै नागरिकता बनाएपनि मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न नपाउने भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.