|

गुल्मी : मानसिक अवस्था ठिक नभएकी महिलालाई आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

धुर्कोट गाउँपालिका– ६ की मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका– ७ का १९ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको हो।

गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार गत सुनारले शुक्रबार साँझ ती महिलालाई जंगलमा लगी जबरजस्ती करणी  गरेको आरोप लागेको छ। घटनापछि फरार उनलाई प्रहरीले आइतबार गाउँबाटै पक्राउ गरेको हो।

सुनारलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको खरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.