|

धनकुटा : जिल्लामा जनता समाजवादी पार्टी (जसपा) का उपाध्यक्ष सहित १५ नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

जनता समाजवादी पार्टी प्रदेश १ सदस्य तथा धनकुटा उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टी सदस्यबाट राजीनामा दिएका हुन्। 

पार्टी परित्याग गर्नेमा घिमिरेसहित प्रदेश सदस्य तथा धनकुटा सचिव श्रीराम रायमाझी, धनकुटा नगर अध्यक्ष दिलकुमार राई, महालक्ष्मी नगर अध्यक्ष नरेन तुम्वा, जिल्ला सचिवालय सदस्य सविन श्रेष्ठ, जिल्ला सदस्य सचिन राई, सजेन्द्र तामाङ र देवेन्द्र राई छन्।

यस्तै धनकुटा नगर उपाध्यक्ष फडिन्द्र बस्नेत, उपसचिव राजबहादुर राई, सदस्य भुवन साम्पाङ, शुक्रबहादुर राई, धनकुटा नगर युवा संघ अध्यक्ष विष्णु कार्की, धनकुटा नगर वडा नं. १ अध्यक्ष विमल भट्टराई र वडा नं. ३ सदस्य विष्णु रसाइलीले पनि पार्टी छाडेका छन्। 

जनता समाजवादी पार्टी विभिन्न समूहमा विभाजन हुनु र नेतृत्वमा भएको अहंले जनताको सपना पूरा गर्न नसक्ने भएकाले राजीनामा दिएको विकास घिमिरेले बताए। हिजो नयाँ शक्ति, संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेको भए पनि स्थानीय तहको निर्वाचनसँगै नेतृत्व पार्टीमा समस्या आएको उनले बताए। 

बाबुराम भट्टराईको नवगठित नेपाल समाजवादी पार्टीमा जान जसपा छाडेको चर्चा चलिरहँदा घिमिरेले त्यो कारणले पार्टी परित्याग नगरेको बताए। उनले भट्टराईको पार्टीको कार्यदिशा आएपछि चित्त बुझेमा जान सकिने बताए।

घिमिरे गठबन्धनको तर्फबाट धनकुटा वडा नं. ३ को वडाअध्यक्ष र धनकुटा नगर अध्यक्ष दिलकुमार राई गठबन्धनको तर्फबाट धनकुटा नगर कार्यपालिका सदस्य र वडा नं. ३ सदस्य विष्णु रसाइली गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका वडा नं. ३ को वडासदस्यमा गएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.