|

सुर्खेत : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय  छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकल सकिएलगत्तै आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको छ। माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्ण शाहले जानकारी दिइन्। गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो।

संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा भएका हुन्।

शाही मन्त्री बन्दै

कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ। जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ।

यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेको छ।

रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्बाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ।

११ जना सांसद रहेको माओवादीमा दलका नेता  महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन्। यस्तै, पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन्।

मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि संसद्‌भित्र रहेका विषयगत समितिमा रहेका काम गरिरहेका छन्। शाह सचेतक रहेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.