|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्। 

काठमाडौंमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले कुनै दलका विरुद्ध नभई जुम्लीको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताए। 

‘जुम्लामा सुन फल्छ तर नुनको दाममा पनि बिक्दैन, त्यसलाई सुनकै दाममा विक्री गर्न मेरो उम्मेदवारी हो।’ उनले भने, ‘नेपाली भाषाको उद्गम विन्दु जुम्ला हो तर जसले नेपाली बोल्न सिकायो उसैलाई अहिले राउटे भनिन्छ।’

खेतका आलीमा फल्ने बोझोलाई बेच्ने हो भने पनि एउटा जुम्लीले लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने भन्दै उनले जुम्ला स्रोत नभएर गरीब नभएको जिकिर गरे। जुम्लामा फलेका खाद्यान्न र फलफूलले बजार नपाएका कारण जीवनस्तर माथि उठाउन नसकिएको उनको भनाई छ। 

जुम्लामा संघीय चुनावका लागि प्रत्यक्षतर्फ एउटा निर्वाचन क्षेत्र रहेको छ। यहाँबाट अघिल्लो चुनावमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.