|

जनकपुरधाम : धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने १५ जना सामान्य घाइते छन्।

सोमबार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्रबजारको गोलघरनजिक काठमाडौंबाट काँकड्भिट्टाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस सोमबार  बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको र  सामान्य घाइतेहरुको वीरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको निरीक्षक कर्णले जानकारी दिए।

चालक निदाएका कारणले बस अनियन्त्रित भएर सडकमा नै पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.