|

सर्लाही : जिल्लामा सबैभन्दा धेरै लेनदेनको मुद्दा दर्ता भएको पाइएको छ। 

सर्लाही जिल्ला अदालतमा आर्थिक वर्ष २०७८\०७९ मा तीन हजार ११८ मुद्दा दर्ता भएका थिए। तीमध्ये लेनदेनको एक हजार ७४ मुद्दा रहेका अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए। लेनदेनको एक हजार ७४ मुद्दामध्ये ७०९ वटा फर्छ्योट भइसकेका छन्। 

गाउँघरतिर तमसुक बनाएर ऋण लिने र ऋण लिएकाहरुले समयमै ऋण नबुझाएपछि साहुले अदालतमा आई लेनदेनको मुद्दा दायर गर्ने गरेका स्रेस्तेदार अर्यालले बताए। उनका अनुसार सर्लाही जिल्ला अदालतमा गत आर्थिक वर्षमा कुल तीन हजार ११८ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका समेत गरी तीन हजार २११ वटा मुद्दा फर्छ्योट भएका छन्। 

यो आर्थिक वर्षमा दुई हजार ३६० मुद्दा जिम्मेवारी सरेर आएको श्रेस्तेदार अर्यालले जानकारी दिए। यस्तै, पछिल्लो समय सर्लाही जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि बढिरहेका छन्। 

एक वर्षमा २३४ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १४७ वटा मुद्दा फर्छ्योट भएको सर्लाही जिल्ला अदालतले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.