|

काठमाडौं : मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
 
बुधबार देशभर आंशिकदेखि सामान्य बदलीका साथै देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०.३ डिग्री र अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.२दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६.० डिग्री सेल्सियस छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.