काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
यसअघि, सोमबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।