|
तस्वीर सौजन्य : हिक्मत नेपाली

डडेल्धुरा : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएपछि आफ्नो नाम सच्याउन निवेदन दिने काम सुरु भएको छ।

दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको 'कुकुर कामी' नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ मा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस भएको बताए।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुर्‍याएर नयाँ नागरिकता प्रदान गर्ने जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीले प्याकुरेलले अपमानजनक शब्द प्रयोग गरि जारी भएका नेपाली नागरिकता सच्चाउने व्यक्तिहरु प्रशासनको सम्पर्कमा आउन आव्हानसमेत गरेका छन्।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जानिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने निर्देशन दिएको थियो।

यस्तै, अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन आदेश दिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.