|

जनकपुरधाम : जनकपुरधाममा ३ दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलिप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव आज फेला परेको हो।

महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकखण्डमा बाटोको पश्चिम साइडमा उनको शव फेला परेको प्रहरी स्रोतले जानकारी दियो।

घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडा लगायतका अन्य सरसमान फेला परेका हुन्।

घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि शिव शिक्षण अस्पताल काठमाडौं पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

साह ३ दिनअघि ५/६ जना साथीसँग अटोरिक्सामा पिकनिक गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.