|

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले सम्हालेका हुन्।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीको सचिवालयको आजको सिफारिसअनुसार मन्त्रिपरिषद् हेरफेर र गठन गरेका हुन्।

सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्रको भागमा परेको उद्योग मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा दलले उद्योगमन्त्री नियुक्तिको सिफारिस आज पनि गर्न नसकेपछि उक्त मन्त्रालय सम्हाल्नुपरेको मुख्यमन्त्री शाहीले बताए।

​उद्योगमन्त्रीमा डोल्पा ‘ख’ बाट निर्वाचित वीरबहादुर शाहीको नाम चर्चामा आए पनि माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.