|

काठमाडौं :  बालाजु बाइसधारामा आगलागी भएको छ। वान वर्ल्ड फूट वेयरमा आगो लागेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रण लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब ४ सय जना खटिएको  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

 प्रहरीले काठमाडौं, ललितपुर भक्तपुर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दमकल बोलाइएको थियो।

अहिलेसम्म आगलागीको कारण खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए।  अहिले आगो नियन्त्रणमा आइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.