चुनावमा आफ्नै उम्मेदवार हराएको आरोप

|

सुर्खेत : नेपाली कांग्रेस जाजरकोटले १५ जना नेतालाई स्पष्टीकरण माग गरेको छ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेका र निष्क्रिय भई बसेका भन्ने गुनासो उम्मेदवारहरूबाट आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली जाजरकोटका उप सभापति एवं अनुशासन समितिका संयोजक खडकबहादुर बुढाले जानकारी दिए।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन निष्क्रिय बसेको भन्ने गुनासोको आधारमा कारबाहीका लागि स्पष्टीकरण माग गरिएको छ।’

उम्मेदवारसहित वडा र पालिका कार्य समितिबाट निर्णय/सिफारिस भएकोले नेपाली कांग्रेसको विधान २०१७ (संशाेधनसहित)को धारा ३४ को उपधारा ४, क, ख र ग बमोजिम पार्टीबाट कारबाही गरिनेछ। आफूमाथि लागेको आरोप के कस्तो हो वा होइन् रु चित्त बुझ्दो जवाफसहित पत्र प्राप्त भएको मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्न पत्र पठाईएको बुढाले बताए।

स्पष्टीकरण माग गरिएका नेताहरुमा कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री रामछाया कुमारी शाही, प्रदेश कार्य समिति सदस्य कमलदीप पुन:सहित भुमबहादुर रोकाय, मोतीराम गौतम, जिल्ला कमिटी सदस्य धनसरा शाही, चित्रबहादुर शाही, जिल्ला कमिटी सदस्य भीमबहादुर सिंह, कल्दर सिंहसहितका नेताहरुलाई कारबाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.