|

काठमाडौं : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर सुविधा लिने ओखलढुङ्गाका एक सव इन्जिनियरविरुद्द आरोपपत्र दायर भएको छ।

अख्तियारले आज विशेष अदालत काठमाडौंमा खानेपानी तथा सरसफाइ डिभिजन २ ओखलढुङ्गामा कार्यरत सव इन्जिनियर राम बाबु यादवले सुनसरी टेक्निकल कलेज धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरू नक्कली बनाएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाकारी दिए।

उनका अनुसार यादवले लब्धांकपत्र चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्ससमेत नक्कली बनाई सरकारी लाभ वा सुविधा लिएका थिए। उनले खानेपानी कार्यालय ओखलढुङ्गामा २०७६ भाद्र देखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ सुविधा लिएको देखिएको भन्दै अख्तियारले यादवलाई कैद सजाय र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.