|

काठमाडाैं : विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी आर उपाध्याय खनालको उपन्यास ‘कसुर’ विमोचन गरिएको छ। बुधबार राजधानीमा एक विशेष समारोहबीच डा. उपाध्यायको १४ औँ उपन्यास ‘कसुर’ विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि निर्देशक मोहन निरौला, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए।

कृतिमा समीक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताए। उनले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताए। उपन्यासमा जनकपुरदेखि काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको भन्दै उपन्यासलाई पाठकले मन पराउनेमा आफू विश्वस्त रहेको जिकिर गरे। 

गीतसंगीतबाट डा. उपाध्यायले ११० विश्व रेकर्ड रेकर्ड कायम गरेका छन्। यतिधेरै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन्। कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौँ गीत स्रोता र दर्शकमाझ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.