काठमाडौं : चितवनको भरतपुर महानगरपालिका – २९ जुगेडीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो। ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।