|

काठमाडौं :  हालै पारित भएको वन नियमावली २०७९ ले को विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले माइतीघरमा प्रदर्शन गरेको छ। यस नियमावलीले  उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको भन्दै यो नियमावली तत्काल खारेजी हुनुपर्ने माग गर्दै महासंघले प्रदर्शन गरेको हो।

वन ऐन २०७६ मा भएको सामुदायिक वन उपभोक्ता समितिको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ।

प्रदर्शनकारीले वन नीतिविपरीत वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाईएको नयाँ नियमावली खारेज गर्, संघीयताविपरीत वन नियमावली खारेज गर्, महिलाविरोधी वन नियमावली २०७९ खारेज गर्, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहोरो कर खारेज गर् जस्ता नाराहरू लगाएका थिए।

 माइतीघर मणडलाबाट सुरु भएको प्रदर्शन नाराबाजीको र्‍यालीसहित नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.