|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्। 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले दुईतिहाई बहुमत नल्याए आफूले राजनीतिबाटै संन्यास लिने बताएका हुन्। 

उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुई तिहाइभन्दा बढी सिटमा ल्याउँछ। हामीले दुईतिहाइभन्दा बढी सिट जित्न सकेनौँ भने म राजनीति नै छाडिदिन्छु।’

उनले सत्ता गठबन्धन स्वार्थको लागि मात्रै बनेको बताए। आगामी निर्वाचनबाट जनताले सत्ता गठबन्धनलाई अहिलेको महँगी र भ्रष्टाचारको जवाफ दिनेसमेत बताए।

उनले सत्ता गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिँदै  देश जटिल अवस्थामा पुर्‍याएकाे दाबी गरे। उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको समेत स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.