|

काठमाडौं : पछिल्लो समय निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ।

बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ।

त्यस्तै,  वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

नेप्से ओरालो लागे पनि बिहीबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा  हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता युनिलिभर नेपालको शेयरमूल्य ८.२३ प्रतिशत घटेको छ। त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ। शिवम् सिमेन्ट्को विहीवार ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.