|

काठमाडौं : चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। अध्यक्ष पदको लागि चाहिने योग्यता नपुगेको भन्दै उनकाे नियुक्तिविरुद्ध रिट दर्ता भएको हो।

अध्यक्षको लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने र केसीले प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै उनको नियुक्तिविरुद्ध अध्यक्षका लागि आवेदन दिएका अन्य उम्मेदवारले रिट दिएका हुन्।

रिटमा साउन ९ गते मन्त्रिपरिषद्ले गरेका निर्णय खारेज गर्न माग गरिएको छ। उक्त रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.