|

विराटनगर : जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका लागि चहिने सामग्रीको किनमेलले यतिवेला विराटनगरको बजारमा रौनक छाएको छ।

तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखी (रक्षाबन्धन) सहित मिठाई, उपहारका सामान खरिद गर्नेको भीडभाडले विराटनगरको मुख्य चोक, बजारमा रौनक छाएको हो।

विशेष गरेर तराई मधेशमा रक्षाबन्धनलाई विशेष पर्वको रूपमा मनाइने गरिन्छ। यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँधिदिने साथै विभिन्न परिकार खुवाउने र उपहार दिने र दिदीबहिनीले आफ्नो माइतीको दीर्घायुको कामना गर्दै  हर्षोल्लासका साथ रक्षाबन्धन मनाउने प्रचलन छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.