|

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले युवा वर्गमा मुलुक भित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताएका हुन्।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउए।  उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए।

‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरूको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ।  यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास  र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ', प्रधानमन्त्री देउवाले भने, 'यसलाई आगामी दिनमा अझ प्रवद्र्धन गरी बढी भन्दा बढी युवालाई सहभागिता गराउन आवश्यक छ। युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ। त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताउनु भयो। उनले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तर पुस्ता सीप हस्तान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.