|

काठमाडौं : अभिनेता विपिन कार्की नयाँ फिल्म 'चङ्गा चेट २' मा अनुबन्धित भएका छन्। दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा विपिन अनुबन्धित भएका हुन्। 

भर्खरै दिपेन्द्रकै निर्देशनमा रहेको ‘के घर के डेरा’को छायांकन सकेका विपिनको व्यस्तता अब केही महिना बढ्ने देखिएको छ। यतिवेला पटकथाको काम भइरहेको 'चङ्गा चेट २' तिहारपछि छायांकनमा जाने बताइएको छ। त्यसअघि विपिनले आफ्नो पहिलो बलिउड फिल्म ‘एनिमल’को छायांकन सक्नेछन्। 

भर्खरै घोषणा भएको रामबाबु गुरुङ निर्देशित फिल्म 'फूलबारी' पनि छायांकनमा जाने तयारीमा छ। योबाहेक उनी अनुबन्धित भएको 'प्रसाद २' को पनि छायांकन विभिन्न कारणले अन्योलमा छ। 

'चङ्गा चेट २' दिपेन्द्र र विपिनको तेस्रो सहकार्य हुनेछ। यसअघि भर्खरै 'के घर के डेरा' र विपिनलाई चर्चामा ल्याएको 'पशुपतिप्रसाद'मा दुईले सहकार्य गरेका थिए। सामाजिक कथामा आधारित रहने 'चङ्गा चेट २' कमेडी जनरामा बन्ने छ। जसमा अर्का अभिनेता अर्पण थापा अनुबन्धित भइसकेका छन्।

डिएस डिजिटलको ब्यानरमा बन्ने फिल्म ४ वर्षअघि बनेको कमेडी फिल्म 'चङ्गा चेट'को सिक्वेल हो। यही समूहको निर्माणमा बनेर गत असारमा प्रदर्शनमा आएको 'चिसो मान्छे'ले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.