|

बैतडी : महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

नुहाउने क्रममा शुक्रबार दिउँसो १ बजे नगतडीबाट महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।

किशोरीहरू बेपत्ता भएको खबर पाउनासाथ नेपालतर्फका सबै सुरक्षा निकाय परिचालन गरिएको छ। घटनाबारे बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.