|

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलाम शाखाले पत्रकार सटेन्द्र जबेगुलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य जबेगुलाई फोनिजको ३३ औं स्थापना दिवसको अवसरमा १० हजार राशिको पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा जिसस प्रमुख जयप्रकाश राई र इलाम नगरप्रमुख केदार थापाले जवेगुलाई नगद सहित दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गरे। जबेगुले उक्त रकम संस्थाकै अध्यक्ष राम योङहाङलाई हस्तान्तरण गरे। उक्त अवसरमा स्थानीय निर्वाचनमा विजयी र निजामती कर्मचारी रहेका फोनिजका सदस्यहरुलाई समेत सम्मान गरिएको छ।

सम्मानित हुनेमा सूर्योदय नपा प्रवक्ता ख्याम भुजेल, सन्दकपुर गापा–५ का वडा सदस्य कुमार गुरुङ, कर्मचारीहरु सुमन लिम्बु र अशोक लिम्बुलाई सम्मान गरिएको हो।

त्यस्तै फोनिज झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरेको छ। 

कञ्चनजंघा एफएममा कार्यरत शिवाकोटीलाई २५ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरियो। त्यसैगरी उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपीवान टेलिभिजनका संवाददाता विष्णुकुल श्रेष्ठ र रेडियो झापाकी गंगामाया बेघा लिम्बू पुरस्कृत भए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.