|

भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि कोरोना संक्रमण भएको छ।उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक संक्रमित भएकी हुन्।

उनीमा संक्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन्। उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ।  नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए।

उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन्। उनलाई परिवार भित्रैबाट संक्रमण सरेको अनुमान गरिएको छ। उनकी छोरी तथा पार्टीकी महासचिव प्रियंका गान्धी भद्रालाई संक्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएकी छन्। भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.