|

बैतडी : कोरोना संक्रमणको चौथो लहर रोकथाम तथा नियन्त्रणको कामनासहित बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्‍ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ।

कर्मचारी मिलन केन्द्रका तर्फबाट उक्त मन्दिरमा सप्‍ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो।

कोरोना महामारी नियन्त्रणको कामना गर्दै महायज्ञको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। यसका साथै शान्तिसुरक्षा अमनचयन, समस्त प्राणीको कल्याण, विश्व शान्ति, विपद्का घटना नहोउन् भन्ने कामना गर्न पनि महायज्ञको आयोजना गरिएको हो।

यही श्रावण २१ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुक्रबार समापन भएको छ। हरेक वर्षको श्रावण महिनामा जगन्नाथ मन्दिरमा श्रीमद्भागवत यस्ताे महायज्ञ सञ्चालन गर्ने गरिएको छ।

महायज्ञमा विभिन्न कार्यालयका कर्मचारीहरुका तर्फबाट ६२ हजार ५ सय ५५ रुपैँया भेटीसमेत संकलन भएको आयोजक समितिले जनाएको छ।

जगन्नाथ मन्दिर यहाँको एक प्रसिद्ध मन्दिर हो। मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास समेत रही आएको छ। यहाँ दर्शनका लागि नेपालका साथै छिमेकी देश भारतबाट पनि दर्शनार्थी आउने गर्दछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.