|

काठमाडौं : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१ स्थित धार्मिक स्थल ठूलो दूधकुण्डको दर्शन गर्न आएका एक भक्तजनलाई प्रहरीले उद्धार गरेको छ। 

गत २६ गते दर्शनका लागि गएकी युवती ४ हजार ६०० मिटरको उचाइमा रहेको दूधकुण्ड नजिकै लेक लागी अचेत अवस्थामा सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो। अचेत अवस्थामा रहेकी ती युवतीलाई महिला प्रहरीले बोकेर दूधकुण्ड बेस क्याम्पतर्फ प्राथमिक उपचारको लागि लगिएको हो। 

काठमाडौं घर भएकी ती युवती उपचारपश्चात् सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.