|

काठमाडौं : चार वर्षअघि संघीय संसद्‌मा दर्ता भएको  बीमा विधेयक बल्ल पारित हुने भएको छ। २०७५ असार २७ गते दर्ता भएको विधेयक भोलि बस्ने प्रतिनिधिसभाको बैठकले पारित गरिने संसद् सचिवालयले जनाएको छ।  

भोलि  बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। उनका अनुसार यी दुई विधेयक छलफल र पारित गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव गर्नेछन्। 

यस्तै बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेय २०७६ को दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्ने तयारी छ। भोलिको बैठकमा अन्य केही विधेयकहरु पनि निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.