|

धनकुटा : प्रदेश नंबर १ काे नाम पहिचानका आधारमा हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समितिले धनकुटामा आयोजना गरेकाे स्थापना दिवस विशेष कार्यक्रमका वक्ताहरुले प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने बताएका हुन्।

'समानुपातिक सुशासन समृद्धिका लागि हाम्रो कलम' भन्ने नाराका साथ फोनिज प्रदेश १ समितिले धनकुटामा २३ औँ स्थापना दिवस मनाएको हो।

यस्तै कार्यक्रममा मनकामना मिडिया हाउस धनकुटाले धनकुटा नगरपालिकाको सहयोगमा प्रकाशन गरेको समृद्धिका सारथी नामक पुस्तक विमोचन गरिएको छ। सो कार्यक्रमको उद्घाटन तथा पुस्तक विमोचन गर्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फोनिजकाे स्थापना भएको उद्देश्य पूरा गर्नुपर्ने बताए।

फोनिजले आदिवासी जनजातिका लुकेका संस्कार–संस्कृतिलाई उजागर गर्नुपर्ने उनले बताए। तामाङले नगरपालिकाले समृद्धिका लागि गरेका कामहरु समेटेर पुस्तक प्रकाशन गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.