|

पाल्पा : नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमाले रुखजस्तै भएको बताएका छन्।

नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले जति काटे पनि रुख पलाउँछ, एमाले पनि त्यसरी नै विस्तार हुँदै जाने बताए। उनी नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज समेत हुन्।

पार्टी फुटाउने नेताहरुप्रति कडा प्रहार गर्दै उनले एमाले पार्टीबाट उम्मेदवार भई सूर्य चिन्हबाट चुनाव जितेका केही अपराधीहरूले पार्टीलाई छिन्नभिन्न बनाउन खोजेका र तिनीहरूको सपना पूरा नभएको उनले बताए।

उनले भने, 'पछिल्लो समयमा एमाले झनै मजबुत र बलियो बनेको छ। एमालेबाट निस्किएर गएकाहरू अहिले बीचबाटोमा अलपत्र परेका छन्। बन्चरोको बिँडजस्तै भएका छन्।'

फलामको धारिलो भाग कांग्रेस भएको उनले टिप्पणी गरे। उनीहरूले कल्पना गरेजस्तो एमाले भएन र एक्लाएक्लै जित्ने अवस्था नभएर गठबन्धन गरेका उनले बताए। नेता विकले आगामी निर्वाचनमा गठबन्धनलाई एमालेले धोबीले कपडा पछारे जस्तै पछार्ने चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.