'गठबन्धन गरेर राजनीतिलाई प्रतिस्पर्धामा नभई दुस्मनी थालियो'

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा लैजान खोजेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले गलत मान्छेको संगत (प्रचण्ड, माधव नेपालतर्फ संकेत गर्दै)मा परेर हो कि आफैँ हो, कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धामा नभइ दुस्मनीतर्फ लगिरहेको टिप्पणी गरे।

'कांग्रेस गलत मान्छेको संगतमा परेर हो कि आफैँ हो। लोकतन्त्रलाई गलत दिशामा लैजान खोजिरहेको छ। राजनीतिलाई प्रतिस्पर्धामा नभइ दुस्मनीतर्फ लगिरहेको छ।' उनले भने, ‘लोकतन्त्रमा शत्रुता हुँदैन। अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन्।'

यो अवस्थालाई बाह्य शक्तिले आफ्ना निम्ति प्रयोग गरे देशमा द्वन्द्व निम्तिन सक्ने संकेत उनले गरे। ओलीले गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट नभइरहेका बेला पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिरहेको बताएका थिए।

उनले कांग्रेसलाई ‘लौरो टेकेर पनि अडिन नसक्ने भएको’ भन्दै कटाक्ष गरे। ओलीले भने, ‘बिचरा कांग्रेस माया लाग्छ। यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन। खुट्टै टेक्न नसक्ने भयो। कहिले प्रचण्ड खोज्या छ, कहिले को खोज्या छ। के भएको ? एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने।’

आफूले सम्पूर्ण सम्पत्ति राज्यको नाममा गरिदिएको दाबी गर्दै उनले प्रचण्ड, देउवा र माधव नेपाललाई  सम्पत्ति राज्यलाई सुम्पिन चुनौती दिए।

बहुदल आएपछि २१ वर्ष सरकार चलाउदा कांग्रेसले देखाउन मिल्ने कुनै काम नगरेको बरु एमालेविरुद्ध भ्रम फैलाउने काम मात्रै गरेको आरोप लगाए। 'कम्युनिस्टले बुढाबुढी मार्छ भनेर हल्ला चलायो। ६० वर्षभन्दा बढी भएपछि गोली हालेर मार्छन्, भन्यो। तर म ७१ वर्षको मान्छे अध्यक्ष छु।’ उनले भने।

कांग्रेससँग कुनै विचार नै नरहेको ओलीले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.