|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइन क्लब ‘इत्तेहाद अल रेफ’ क्लबमा अनुबन्धन भएका छन्।

बहराइनको अमेच्योर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनको लागि अनुबन्ध गरेको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएको हो।

२० वर्षीय मनिषले च्यानम्पियन मच्छिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए। मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गर्दै गोल समेत गरिसकेका छन्।

दक्षिण कोरियामा फुटबल सिकेका उनले नेपालको यू–१९ र यू–२३ टिमबाट समेत खेलिसकेका छन्। मनिषले नेपालका लागि १४ खेल खेल्दै दुई गोल गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.