|

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ। 

गएराति भएको खेलमा लेस्टर सिटीलाई ४–२ गोल अन्तरले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो। 

आर्सनललाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे। ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे।

लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक एक गोल फर्काए। यो जितसँगै आर्सनलले २ खेलमा ६ अंक ओडेको छ।

आर्सनल लिगको दोस्रो स्थानमा छ। पहिलो हार व्यहोरेको लेस्टर एक अंक जोडेर १४ औं स्थानमा छ। प्रिमियर लिग अन्तर्गत नै साउथ ह्याम्पटन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन्।​

ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेलेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.