|

काठमाडौं : चार वर्ष अघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी भएको छ। 

२०७५ असार २७ गते दर्ता भएको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकले पारित गरिने संसद सचिवालयले सम्भावित कार्यसुची सार्वजनिक गरेको छ।  बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको सचिव गोपालनाथ योगीले जानकारी दिए। 

आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्नेछन्। 

यस्तै, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.