|

काठमाडौं : गोरखाको पालुङटारमा एक युवकको शव फेला परेको छ। 

पालुङटार नगरपालिका– ५ चिसापानीका ३५ वर्षीय बुद्धिबहादुर विकको शव फेला परेको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार गएराति करिब १२ बजे प्रहरीमा सूचना पाएलगत्तै घटनास्थल पुगेका प्रहरीले विकलाई आँपपिपलस्थित हर्मी अस्पताल पुर्‍याएका थिए। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानकै क्रममा रहेकाले उनीहरुको पहिचान भने खुलाएको छैन।

प्रहरी उपरीक्षक खनालले भने, ‘उनकै साथीहरूलाई नियन्त्रणमा लिएका छौँ, तीन जना स्थानीय पुरुष छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.