|

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम् हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको बताएका हुन्। 

काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अविलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गरे। मिटरब्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुले पनि वर्तमान सरकारले उनीहरूमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसकेकोमा उनले आक्रोश समेत व्यक्त गरे।

सरकारमा गइसकेका राजनीतिक दलहरूको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवा‚ धुलो र प्रदूषणको समस्या समाधान गर्न नसक्ने दावी समेत गरे।

‘काठमाडौंमा देखिएको धुवा, धुलो, जाम र फोहोरको समस्या कुनै पनि प्रधानमन्त्रीेले समाधान गर्न सक्नु भएन। यो समस्याको समाधान सरकारमा गएका राजनीतिक दलबाट कहिल्यै हुनेछैन। यो जनताको अभिमत हो। काठमाडौंलाई नै नेपाल ठान्नेहरूबाट देशको विकास हुन सक्दैन। स्वीजरल्याण्डमा प्रदेशलाई क्यान्टोन भनिन्छ। त्यहाँ अध्ययन, उपचार, रोजगारीका लागि एक क्यान्टोनबाट अर्को क्यान्टोनमा गएपछि अन्ततः आफ्नै क्यान्टोनमा फर्कनु पर्ने र विकास गर्ने व्यवस्था छ। यस्तो व्यवस्था संसारको धेरै देशमा छ। नेपालमा यस्तो छैन’ ‚ उनले भने। 

सांसदहरूले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानबिन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.