७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना

|

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिंदै एमाले समक्ष आउन आग्रह गरे। 

‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ। आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन। सम्बन्धित मन्त्रीहरु बेखबर छन्।  झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको पनि उल्लेख गरे ।

यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन’ उनले भने, ‘यो सरकारको हुती पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज। म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित एमालेसँग त्यो भिजन छ। दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ।’

उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्ताव सहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.